न्युरोडमा सडक पेटी विस्तारलाई लिएर स्थानीयवासीको विरोध

साउन ४, २०८१ मा प्रकाशित | 188 views


काठमाडौँ । काठमाण्डौ महानगरपालिकाकाे वडा नम्बर २२ मा पर्ने न्युरोड (नयाँ सडक) गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम शुरु भएको छ ।

उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको कामलाई अगाडि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले आज बिहानदेखि नयाँ सडक क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले विरोध गरेपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

महानगरले सडकको दुवैतर्फ तीन फिटको दरले पेटी विस्तार गर्ने गरी काम थालेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । यसअघि सडक डिभिजन कार्यालयले विस्तारको काममा हस्तक्षेप गरेपछि महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । महानगरको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक पालिका मातहतमा रहने भन्दै न्युरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web