युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदै

असार १८, २०८१ मा प्रकाशित | 215 views


काठमाडौँ । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ ।

यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ । आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै गएराति भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलबाट विजयी भएको फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् । क्वाटरफाइनलका खेल जुलाई ६ देखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा पोर्चुगल र फ्रान्स खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web