लिखुले ल्यायो ४२ करोड ७१ लाख रुपैयाँको बजेट, सभाबाट सर्वसम्मत पास

असार ९, २०८१ मा प्रकाशित | 252 views


त्रिशूली । नुवाकोटको लिखु गाँउपालिकाको १५ अधिवेशन मार्फत आगामी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम सहित ४२ करोड ७१ लाख रुपैयाँको अनुमानित बजेट सभाबाट पास भएको छ । आइतबार बसेको अधिवेशनले सभाध्यक्ष एंव गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले दिएको अनुमतिमा उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले आगामी आवको लागी नीति तथा कार्यक्रम र सोहीको आधारमा ४२ करोड ७१ लाख ९३ हजार ६५० रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको हो ।


उहाँले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत पास भएको छ । उहाँले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, सुशासन तथा सरकारी सेवा प्रवाहको सुधार, पूर्वाधार निर्माण लगायतमा प्राथमिकता दिइएको छ ।

 

 


यस्तै, सभामा उपाध्यक्षले पेश गरेको आर्थिक विधेयक, न्यायिक समितिको प्रतिवेदन २०८१ पनि सर्वसम्मत पास भएको छ ।
सभामा उठेका नीति तथा कार्यक्रम र बजेटको जवाफ उपाध्यक्ष शुभद्रा उप्रेतीले दिनुभएको थियो भने शुन्य समयमा उठाइएको प्रश्नको जवाफ अध्यक्ष धुव्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकत नारायणबहादुर विष्टले दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web