डा केसीको स्वास्थ्यबारे संवेदनशील हुन आयोगको आग्रह

असार ३१, २०७३ मा प्रकाशित | 833 views

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी असार २६ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आयोगले आज प्रेस विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

अनुगमनबाट डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कँदै गएको पाइएकाले स्वास्थ्य उपचार पाउने प्रत्येक नागरिकको अधिकारको सम्मान गरी जीवनरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web