
मिस ट्यालेन्ट-२०२४ (Miss Talent Nepal -2024) को उपाधि मुस्कान तामाङले जित्नुभएको छ । नुवाकोट म्यागङ गाउँपालिका निवासी मुस्कानले यो वर्षदेखि सुरु भएको मिस ट्यालेन्ट-२०२४ को ताज एक भव्य र विशेष समारोहको बीच आइतबार काठमाडौको राष्ट्रिय नाचघरमा पहिरिनुभएको हो ।
नम्रता ट्रष्ट नेपालको मुख्य आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा मुस्कानले बिजेताको ताज लगाउदा स्मृति तामाङ दोश्रो र अमृता मगर तेश्रो हुनुभयो ।
उहाँहरुलाई मिस नेपाल २०१५ को विजेता ईभाना मानन्धरले ताज पहिरिदा कार्यक्रमको प्रमुख अतिथी आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह,आयोजक नम्रता ट्रष्टको तर्फबाट संयोजक नम्रता लामा सहित मोडल एवं कस्मोपोलिटन वर्ल्ड २०१९ मिस ट्यालेन्ट नेपालको ट्रेनर तथा कोरियोग्राफर प्रियारानी लामा लगायतले सहयोग पुर्याउनुभएको थियो ।
मिस ट्यालेन्टको बिजेता मुस्कानले ७५ हजार, स्मृतिले ५० हजार र अमृताले ३० हजार नगद समेत प्राप्त गर्नुभयो ।

प्रतियोगिताको निर्णायकमा इन्टरनेशनल फ्यासन डिजाइनर ज्वाला पोखरेल, मिस ग्लोबल नेपाल २०२४ को विधि लम्साल, सिनियर मेकअप आर्टिस चन्द्रबहादुर गुरुङ, मिसेस तामाङ २०२३ को आकृती लामा, ब्युटिसियन एण्ड सोसल वर्कर पायल बुढाथोकी, र इभेन्ट अर्गनाइजर मन्जिस गिरि रहनुभएको थियो ।
मिस ट्यालेन्ट २०२४ को खोजीको लागी गत बैशाख १५ गते नुवाकोटमा पहिलो र बैशाख २३ गते काठमाडौमा दोश्रो अडिसनबाट छानिएका उत्कृष्ट सहभागिहरुको दमदार प्रस्तुतीले प्रतियोगिको छनोटमा निर्णायकलाई बिजेता घोषणा गर्न कठिन भएको थियो ।

पहिलो अडिसनबाट छानिएका प्रतियोगिलाई गत जेठ १३ गतेदेखि मिस ट्यालेन्टको उत्कृष्ट प्रतिभा प्रस्फुटनको लागी चाहिने विविध शिर्षकमा दक्ष बनाउन उनीहरुलाई सामाजिक परिचय, क्षमता अभिबृद्धि, आत्मविश्वास लगायतका विषयमा अफिसियल कोरियोग्राफर प्रियारानी लामाबाट सञ्चालन गर्दै अन्तिम प्रतिस्पर्धामा सहभागि गराइएको थियो ।
मिस ट्यालेन्ट २०२४ मा १७ वर्षदेखि ३० वर्षसम्मका अविबाहित युवतीहरुको सहभागिताले युवालाई देशप्रेम, राष्ट्रियता, सामाजिक र आर्थिक उन्नतीको लागी सक्षम युवाको रुपमा उत्पादनमा महत्वपूर्ण योगदान पुराउन केन्द्रित गरिएको आयोजक नम्रता ट्रष्ट नेपालको तर्फबाट संयोजक नम्रता लामाले जानकारी दिनुभयो ।
पहिलो प्रस्तुती उत्कृष्ट र सबैपक्षबाट प्रशंसा पाएसगैँ मिस ट्यालेन्टका आगामी सँस्करणहरुलाई थप परिस्कृति र बृहत्त रुपमा सञ्चालन गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका थप तस्बिरहरु :










Winner : Muskan tamang crowned by Miss Nepal World 2015 evana Manandhar ,
First Runnerup : Smriti Tamang crowned by Miss Cosmopolitan world 2019 / trainer and choreographer of Miss talent nepal Priya Rani Lama .
2nd Runnerup : Amrita Magar crowned by Miss Indigenous Nepal 2021 and organizer of Miss Talent Nepal 2024 Namrata Lama .
Subtitle winners
1.Best walk : smriti Tamang
2. Miss Photogenic : Amrita Magar
3. Best Dress : Smriti Tamang
4. Best Talent : Manita Tamang
5. public choice : Kristy Tamang
6. Best Discipline: Urmila Tamang
7. Best personality : Srijana Tamang
8. Best Skin : Muna Majhi
9. Miss Congeniality : Ekchya Darai
10. Miss Intellectual: Smriti Tamang
11. viewer choice : Muskan Tamang
12. Miss confident : Devika Magar
… Chief guest :
Hon.Prabhu shah
Official choreographer:
priya rani lama ( model / international page at winner miss cosmopolitan world 2019/ media personality)
Judges :
evana Manandhar (Miss nepal world 2015)
Bidhi Lamsal ( Miss global nepal 2024)
Jwala Raj Pokheral ( fashion designer )
Chandra Bdr . gurung (Senior makeup artist )
Aakriti Lama Tamang (Mrs Tamang 2020)
Payal Budhathoki (Beautician )
Manjesh Giri ( international pageant organizer )
18.21¡ÆC