
विदुर । सानिमा बैंकमा खाता भएका सेवाग्राहीले स्टार नुवाकोट अस्पतालमा सेवा लिदा विभिन्न सहुलियत (छुट) पाउने भएका छन् ।
सानिमा बैंकको विदुर शाखाका प्रबन्धक प्रेम पौडेल र अस्पताल प्रबन्धक नविन जोशीले दुई सँस्थाबीचको सहकार्य पत्रमा हस्ताक्षर गर्दै सानिमा बैंकको सेवाग्राहीले स्टार नुवाकोट अस्पतालमा छुट पाउने सुविधा कार्यान्वयनमा ल्याइएको हो ।
बैंक र अस्पताल बीच भएको सम्झौता अनुसार सानिमा बैंकमा खाता खोलेका सम्पुर्ण सेवाग्राहीले स्टार नुवाकोट अस्पताल बिदुर बहिरङ्ग सेवा (ओपिडि)मा २५ प्रतिशत, ल्याब सहित अन्य सेवामा १५ प्रतिशत र औषधि खरिद (फार्मेसी) मा ७ प्रतिशत छुटको ब्यबस्था गरिएको अस्पताल प्रबन्धक नविन जोशीले जानकारी दिनुभयो ।
24.52¡ÆC