केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

जेष्ठ २५, २०८१ मा प्रकाशित | 203 views


काठमाडौँ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मधेस प्रदेशका एक, दुई ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । नेपालमा अहिले स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसवर्ष मनसुन चाँडो भित्रिने अनुमान गरिए पनि अहिलेसम्म मनसुनको सङ्केत नदेखिएको मौसमविद पुडासैनीले बताउनुभयो ।

नेपालमा सामान्यतया जुन १३ अर्थात जेठको अन्तिममा मनसुन भित्रिने गर्छ । यसवर्ष यही मितिकै आसपासमा मनसुन भित्रिने मौसमविदको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web