
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ४ दर्शनटारमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले उद्घाटन गर्नुभएको छ ।

तारकेश्वर गाउँपालिकामा रहेका स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको वडा नं ४ बुधसिंह स्थित दर्शनटार आसपासका बासिन्दालाई स्वास्थ्य सेवाको सहजता बनाउन अध्यक्षको निर्देशनमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईको सेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

उक्त स्वास्थ्य इकाइ केन्द्रको गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्दै पालिकाबासीको स्वास्थ्य सेवा सहज बनाउनको लागी अहिले कायम रहेका स्वास्य कार्यालय भन्दा टाढाको दुरीमा रहेका स्थानमा कार्यालय स्थापना गर्ने आफ्नो योजना अनुसार दर्शनटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना भएको उहाँले जानकारी दिनुभयो ।
उक्त इकाईको केन्द्रबाट गाँउपालिका मार्फत निःशुल्क उपलब्ध रहेका स्वास्थ्य जाँच थता परीक्षण र औषधी वितरणको सेवाहरु सञ्चालनमा ल्याइएको छ ।

यसअघि पनि उहाँले गाँउपालिकाको विभिन्न तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याउनुभएको थियो ।
पालिकाबासीलाई शिक्षा र स्वास्थ्यमा निःशुल्क पहुँच पुराउन, कला र सस्कृतिको जगेर्ना गर्न आर्थिक जिवनस्तर उकास्नको लागी रोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्नको लागी आफूले प्राथमिकता दिदै आएको उहाँको भनाई छ ।
16.55¡ÆC