काठमाडौँ । न्युरोडमा फुटपाथको विषयलाई लिएर सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं महानगरप्रहरीबीच विवाद भएको छ । सडक डिभिजन कार्यालयले सडक पिच गरिरहेको बेला महानगरपालिका प्रमुख बालेन साह पक्षले रोक्न खोजेपछि विवाद भएकाे हाे ।
उनीहरूले त्यहाँ नाराबाजी नै गरेका छन् । काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेको थियो। तर,संघीय सरकारको मातहत उक्त सडक महानगरले अनुमतिबिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले रोकेको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौंले पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भनेको थियो । तर महानगरपालिकाले सडक नबनाएपछि आज कार्यालयले कालोपत्र गर्न थालेको छ ।
27.4¡ÆC