सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

जेष्ठ २०, २०८१ मा प्रकाशित | 178 views


काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सातजनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलार्ई स्वयम्सेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web