पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जेष्ठ ११, २०८१ मा प्रकाशित | 199 views


काठमाडौँ । आज पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web