राष्ट्रिय खेलकुद परिषद्को मिसन २०२६ अन्तर्गत पाँच वटा खेल थप

जेष्ठ ८, २०८१ मा प्रकाशित | 297 views


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच वटा खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल समावेश गरिएका थिए । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङकाअनुसार थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आयोजित कार्यक्रममा घिसिङले दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको जानकारी दिनुभयो । कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक यतिबेला तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २० औँ एसियाली खेलकुद तथा त्यसअगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यान दिएर राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web