तेस्रो अभ्यास खेलमा नेपाल विनवाड्रससँग ७४ रनले पराजित

जेष्ठ ६, २०८१ मा प्रकाशित | 330 views


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवाड्रस भोलक्यानोजसँग ७४ रनले पराजित भएको छ । तीन खेलको शृङ्खलामा पहिलो र दोस्रो खेल जितेको नेपाल गएराति भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको हो ।

जितका लागि दुई सय छ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर दुई बलमा अलआउट भयो । नेपाल एक सय ३८ रनमा समेटियो । कप्तान रोहित पौडेलले ५३ रन बनाए । आशिफ शेखले २४ र सन्दीप जोराले २१ बाहेक नेपालका अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अविनाश बोहोरा खेलेका थिएनन् ।

त्यसअघि सेन्ट भिसेन्टमा टस जितेर ब्याटिङ गरेको विनवाड्र्सले दुई सय पाँच रन बनाएको थियो । पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । नेपाली टोली आज ह्युस्टन प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web