रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु

बैशाख २, २०८१ मा प्रकाशित | 256 views


काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आउँदो सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आउँदो वर्षको बजेटमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेन्डर प्रक्रियामा गएको बताएको छ ।

मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेटअघि नै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरेको जनाएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

सचिव शर्माले गहुँका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेटअघि नै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताउनु भयो । उहाँले यो वर्ष रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web