त्रिशूली अस्पतालको आयोजनामा जारी शिविरको पहिलो दिन ३०० बिरामीको परीक्षण

चैत्र २३, २०८० मा प्रकाशित | 933 views


मानेडाँडा । तारकेश्वर गाउँपालिका वडा नं ५ गोस्र्यायाङ स्वास्थ्य चौकीमा शुक्रबारदेखि सुरु भएको ‘दुईदिने बृहत निःशुल्क स्वास्थ्य शिविर’को पहिलो दिन करीब ३०० बिरामीको स्वास्थ्य जाँच एंव परीक्षण सहित निःशुल्क औषधि वितरण गरिएको छ ।

त्रिशूली अस्पताल नुवाकोटको आयोजना, साहारा फाउण्डेसनको सहआयोजना तथा तारकेश्वर गाँउपालिका वडा नं ५ को ब्याबस्थापनमा सञ्चालन गरिएको विशेषज्ञ चिकित्सक सेवा, शल्यक्रिया, निःशुल्क औषधि वितरण सहितको बृहत निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार उत्साहजनक रुपमा बिरामीको सहभागिता देखिएको हो ।

जाँच गराउन आएका बिरामीहरु मध्ये धेरै बिरामीको हातगोडा दुख्ने, आँखा दुख्ने, शरीर दुख्ने समस्या देखिएको अस्पतालका प्रमुख डा.प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँको अनुसार बिरामीहरुको अबस्था सामान्य नभई केहीको जटिल समेत देखिएकाले परीक्षण तथा औषधि उपलब्ध गराई अझै थप उपचार आवश्यक परेकालाई त्रिशूली अस्पतालमा आउन भनिएको छ ।

शिविरमा विशेषज्ञ चिकित्सकको रुपमा आर्थोपेडिक विशेषज्ञ अस्पतालका प्रमुख प्रतिक सिंह, जनरल सर्जन विशेषज्ञ डा.राजेन्द्र लामा, एमडिजिपी डा.दिपेन्द्र तिमिल्सिना, बालरोग विशेषज्ञ डा.ऋषिकेष रेग्मी, मेडिकल अधिकृतहरु डा.अमन न्यौपाने, डा.गणेश तिवारी, डा.कैलाश विश्वकर्मा, मनोचिकित्सक सेवाको लागी डा.सन्देशराज उपाध्याय र डेण्टल सर्जन डा.निरज बोगटी सहितको ३३ जनाको मेडिकल टिम खटिएको छ ।

त्रिशूली अस्पतालले सञ्चालन गर्दै आएको तथा अस्पतालबाट उपलब्ध गराइने चिकित्सक मार्फत सञ्चालनमा रहेका शिविरहरु मध्ये यस शिविर विशेषज्ञ सहितको चिकित्सक र सेवा प्रवाहको रुपमा अहिलेसम्म कै उत्कृष्ट रहेको छ ।

शिविरमा जाँच गराउन आएका बिरामीहरुमा शरीरमा मासु पलाएको, हाइड्रोशिल भएका बिरामीको जनरल सर्जन विशेषज्ञ डा.राजेन्द्र लामाबाट शल्यक्रिया गरिएको छ । जाँच गराउन आएका बिरामीमा देखिएको समस्या थप बल्झने अबस्थामा पुगेकाले शिविरको पहिलो दिन पाच जना बिरामीको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएको बिरामीको लागी त्रिशूली अस्पतालको एम्बुलेन्सबाट नै बिरामीलाई घरसम्म पुराइएको थियो । यस्तै शिविरमा जाँच गराउन आएका मध्ये धेरैले भिडियो एक्सरे सेवा लिएका छन् । डा.कैलाश विश्वकर्माले शिविरमा आएका मध्ये केही पुरुष सहित करीब ५० जना बिरामीलाई भिडियो एक्सरे सेवा दिनुभएको थियो ।

शिविरको पहिलो दिनको उद्घाटन सत्रमा सम्बोधन गर्दै कार्यक्रमको सभापति समेत रहनुभएका वडा नं. ५ का वडाध्यक्ष अशोक लामा तामाङले सदरमुकामबाट नजिक भएपनि वडाबासी सहित तारकेश्वरबासीमा स्वास्थ्य प्रतिको सजगता कम रहेको पाइएकाले त्रिशूली अस्पतालसंग् अनुरोध गरेर बृहत्त शिविर सञ्चालन गर्न सफल भएकाले पालिकाबासी बिरामीलाई सेवाको लाभ लिन अनुरोध गर्नुभयो ।

वडाध्यक्ष तामाङले अन्य स्थानमा र अन्य आयोजक भन्दा त्रिशूली अस्पतालले विशेषज्ञ चिकित्स, शल्यक्रिया सेवा, भिडियो एक्सरे सेवा लगायतका सुविधा सहितको शिविर आयोजना गरिएको हुदाँ घरदैलोमा नै विशेषज्ञ चिकित्सबाट जाँच गराउन पाउने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडा नं. ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालले ६ नं वडाबासीहरुमा प्रचारप्रसार र सूचना सम्प्रेषणमा थप ध्यान दिदै भोलिसम्म चल्ने शिविर भएकाले वडाबासीलाई शिविरको लाभ लिनमा वडाको तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

वडाबासीले निःशुल्क शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएकाले जिल्ला स्थित सरकारी अस्पतालबाट उपलब्ध गराइएको बृहत्त शिविर सञ्चालनबाट तारकेश्वरबासीले लाभ पाउने अवसर प्राप्त गरेकाले बिरामीहरुको लागी जाँच गर्न र स्वास्थ्यमा समस्या नभएकालाई पनि आफ्नो स्वास्थ्य अवस्थाको जानकारी लिनको लागी पनी परीक्षण गराउन अनुरोध गर्नुभयो । 

शिविरमा प्रेसर जाँच, सुगर जाँच, चिकित्सकको सिफारिस अनुरासको निःशुल्क औषधि उपलब्ध रहेको छ ।

चैत २३ गते शुक्रबारदेखि सुरु भएको सेवा चैत २४ गते शनिबार पनि बिहानैदेखि दिनभर चल्नेछ ।

बिरामीको शिविरमा प्रेसर जाँच गर्दै :

चिकित्सको सिफारिस अनुसारको निःशुल्क औषधि वितरण गरिदै :

स्वास्थ्य परीक्षण गर्न आएका बिरामीहरुको सुगर जाँच गर्दै :

स्वास्थ्य शिविरमा यसअघि भएका घाँउको जाँच तथा ड्रेसिङ गरिदै :

स्वास्थ्य परीक्षणको लागी पालो पर्खदै बिरामी :

स्वास्थ्य परीक्षणको लागी आएका बिरामीको लागी सहयोग पुराउन खटिएका सुरक्षाकर्मी र महिला स्वास्थ्यस्वंय सेविकाहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web