नेपाल बरोडासँग ३७ रनले पराजित

चैत्र २३, २०८० मा प्रकाशित | 233 views


काठमाडौँ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।

बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जाेडे । बलिङतर्फ बराेडका ध्रुव पटेलले ४ र लक्षित ताेक्सियाले ३ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।

नेपाल यसअघि नै लगातार तेस्रो जितसहित फाइनलमा पुगिसकेकाे छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो ।

अब नेपालले फाइनलमा गुजरातसँग खेल्नेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web