बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

चैत्र १९, २०८० मा प्रकाशित | 331 views


काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे । मत विभाजनका क्रममा उहाँकाे प्रस्तावकाे पक्षमा ५६ मत खसेकाे छ । यस्तै उहाँकाे विपक्षमा ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।

एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदकाे समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदकाे समर्थन पाउनुभयाे ।

उहाँलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलाे पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web