सुनको भाउमा फेरि नयाँ रेकर्ड

चैत्र १६, २०८० मा प्रकाशित | 278 views


काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज फेरि तोडिएको हाे । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइ छ । यस्तै चाँदी आज तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web