आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा सचेतनामूलक कार्यक्रम

चैत्र १३, २०८० मा प्रकाशित | 271 views


बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पस सन्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले बितिय शिक्षा कार्यक्रम एक समारोह बिच उद्घाटन गर्नु भयो ।उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सियर कारोबार गर्दा बुझेर मात्र गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग ले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/ शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । यसका साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।

ग्लाेबल मनी विक २०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web