
विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको ३५औ बार्षिक जिल्लासभा शनिबार विदुरमा सम्पन्न भएको छ । जिल्ला सभामा जिल्ला शाखाको तर्फबाट सभापति हरी श्रेष्ठ, मन्त्रि उद्धवशर्मा रिजाल र कोषाध्यक्ष नवराज सुवेदील पेश गर्नुभएको आ–आफ्नो कार्य जिम्मेवारी सम्बन्धितको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । नुवाकोट र रसुवाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने महान अभियान सञ्चालन गर्दै आएको रेडक्रस नुवाकोट शाखाको लक्ष्य र योजनाको सन्दर्भले बार्षिक साधारणसभामा निकै प्रंशसा पाएको छ ।
जिल्लासभाको प्रमुख अतिथीको रुपमा रहनुभएका नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय उप–महामन्त्री मनोजकुमार थापाले नेपाल रेडक्रसको जिल्ला शाखाहरुमा फरक शैली र रचनात्मक काम गर्ने क्रममा एक करोड रुपैयाँको अक्षयकोष स्थापना थप महान कार्य भएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले अक्षय कोष स्थापनाको लागी नुवाकोट र रसुवाको पालिकाहरुको तर्फबाट भइरहेको सकारात्मक सहयोग, विभिन्न सामाजिक संघसस्थाहरुको साथ र अभियानलाई अपनत्व गर्ने दुवै जिल्लाको जिल्लाबासीको लागी उहाँले उच्च सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले रेडक्रस मानवीय सेवाको लागी अहोरात्र खटिने सामाजिक सस्ँथाको भूमिका नुवाकोटमा प्रभावकारी रुपमा काम गर्दै आएकाले आगामी दिनमा यस अभियानलाई थप सक्रिय बनाउन सुझाब दिनुभयो ।

रेडक्रस जिल्ला शाखाको संरक्षक समेत रहनुभएका नुवाकोट प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जहाँ विपत त्यहाँ रेडक्रस नाराको साथ जिल्लामा भएका दुःखत घटनामा जनाएको उपस्थितीले सरकारको सेवा प्रवाहमा निकै सहज बनाएको बताउनुभयो ।
बाढी, पहिरो, आगलागी लगायतमा राज्यसगैँ उपस्थिती हुने गरेको रेडक्रसको भूमिकाले राज्यको उपस्थिती र गृहमन्त्रालयको एक अङ्गको रुपमा पाएको जिम्मेवारीलाई सन्तोषजनक रुपमा सम्पादन गर्दै आएकाले आगामी दिनमा पनि निरन्तर सहयोगको लागी उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा पछिल्लो एक वर्षको अवधिमा रक्तदान गर्ने आयोजक संघसस्थालाई सम्मान गरिएको थियो भने नुवाकोट रेडक्रस मार्फत स्वंयसेवकको रुपमा परिचालिन हुदै आउनुभएका जिल्ला कार्यसमितिका सदस्य समेत रहनुभएका आरएन न्यौपानेलाई उत्कृष्ट स्वंय सेवकको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्लाको शिवपुरी गाउपालिकाको अध्यक्ष गोबिन्दप्रसाद थपलिया, रेडक्रसको केन्द्रीय सदस्य तथा जुनियर युवा रेडक्रस समितिका संयोजक बिष्णुराज नेपाल, विभिन्न जिल्लाको जिल्ला शाखाको सभापति एंव प्रतिनिधि, नुवाकोट रेडक्रसको पूर्वपदाधिकारी, विभिन्न उपशाखाहरुबाट छनोट भएर आएका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अन्तराष्ट्रिय मानवीय सँस्थाको रुपमा रहेको रेडक्रस नुवाकोटले जिल्लामा रक्तदान र रगत उपलब्ध, एम्बुलेन्स सेवा, आँखा उपचार सेवा, विपतमा परेकाहरुको लागी गैह्रखाद्य सामाग्रि प्रदान लगायतका मानवीय सेवा पुराउदै आइरहेको छ ।
28.92¡ÆC