क्यान्सरका बिरामी बढ्दै

असार २८, २०७३ मा प्रकाशित | 1225 views

नेपालमा क्यान्सर रोगका बिरामी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार हाल नेपालमा करिब ५० हजारभन्दा बढी क्यान्सरका बिरामी रहेका छन् ।

नेपालमा हालसम्म पनि कति क्यान्सरका रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क मान्ने हो भने वार्षिक ३० देखि ३५ हजार नयाँ बिरामी देखा पर्छन् ।

अस्पतालका अध्यक्ष डा प्रकाशराज न्यौपानेले यही अवस्था रहिरहे यो सङ्ख्या आगामी अझ बढ्न सक्ने बताउनुभयो ।

क्यान्सर अस्पताल भरतपुरमा विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फ ग्रन्थी, पेटको, रगत, घाँटीको, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुख रुपमा पाइएको छ ।

विश्वमा हरेक वर्ष करिब एक करोड २० लाख नयाँ क्यान्सरका बिरामी भेटिने गरेका छन् । त्यसमध्ये ७० लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web