महान जनयुद्ध र जनआन्दोलनको वीर सहिदहरुको अर्धकदको शालिक अनावरण

फाल्गुन २०, २०८० मा प्रकाशित | 452 views


बाघमारा । तादी गाउँपालिका वाड नं ४ बाघमार स्थित सहिद पार्कमा निर्माण गरिएको महान जनयुद्ध र जनआन्दोलनको वीर शहिदहरुको अर्धकदको शालिक अनावरण गरिएको छ ।
शनिबार आयोजित विशेष कार्यक्रमको बीच महान जनयुद्ध विसंं २०५२ देखि २०६२ सम्ममा वीरगती प्राप्त गर्नुभएका तथा जनआन्दोलनको क्रममा ज्यानको बलिदानी दिनुभएका वीर सहिदको शालिक अनावरण सहित जीर शहिद र बेपत्ता व्यक्तिका परिवारको सदस्यलाई सम्मान गरिएको शहिद प्रतिष्ठान तादीका संयोजक प्रदिप शर्माले जानकारी दिनुभयो ।

शहिद प्रतिष्ठान तादीले निर्माण गरेको वीरसहिदको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ हुुनुहुन्यो भने विशेष अतिथीको रुपमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति एंव प्रतिनिधिसभा सदस्य बिमला सुवेदी, पूर्व राज्यमन्त्री तथा प्रदेससभाको निवर्तमान उपसभामुख एंव बागमती प्रदेससभा सदस्य राधिका तामाङ, पूर्व प्रदेससभा सदस्य हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी लगायतका जनयुद्ध र जनआन्दोलनको मोर्चामा जोडिएका शिर्ष नेताहरुको उपस्थितीमा वीर शहिदको शालिक अनावरण गरिएको हो ।

शहिद प्रतिष्ठान तादीका संयोजक प्रदिप शर्माको अनुसार महान जनयुद्ध र जनआन्दोलनमा वीरगती प्राप्त गनुभएका वीर शहिदहरु प्रतिको सम्मानको लागी शालिक निर्माण गरिएको हो भने सो क्रममा ज्यानको बलिदिनुभएका शहिद एंव बेपत्ता भएका व्यक्तिको परिवारको सदस्य (परिवार)लाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

अहिलेको राजनीतिक तथा सामाजिक परिवर्तनको मुख्य जग नै महान जनयुद्ध र जनआन्दोन भएकाले सो क्रममा ज्यानको बलिदानी दिने वीर शहिद प्रतिको सम्मानको लागी नुवाकोटका पर्यटकीय क्षेत्र एंव गोसाईकुण्ड पदमार्गमा पर्ने बाघमारामा सहित पार्क निर्माण गरेर तादी गाँउपालिका भित्र स्थायी ठेगाना भएका शहिदहरुको शालिक निर्माण गरिएको हो । जनयुद्ध र जनआन्दोलनमा तादी गाँउपालिकाबाट १८ जनाले वीरगती प्राप्त गर्नुभएको थियो भने तीनजना अझै बेपत्ता हुनुहुन्छ ।


वीर शहिदको शालिक निर्माणले जनयुद्ध र जनआन्दोलन प्रति सम्मान प्रकट हुनेछ भने पर्यटकीय क्षेत्र बाघमारामा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web