२८ असार, भक्तपुर ।
सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।

त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङलाई निर्देशन दिनुभयो ।

मन्त्री पौडेल, उपकुलपति गुरुङ, चिकित्सकहरुको टोलीले त्यसक्षेत्रको अवलोकन गरेको थियो । सरकारले बजेट भाषणमार्फत अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक वीर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक गरेको थियो ।

17.16¡ÆC