
दुईपिपल,डबली । बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले कामरुदेवी माध्यमिक विद्यालयलाई एक लाख ६० हजार रुपैयाँ दिनुभएको छ ।
नगरप्रमुख गुरुङले आफ्नो व्यक्तिगत रुपमा विद्यालयको लागी एक लाख ६० हजारको चेक आज विद्यालयको ६०औं बार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रदान गर्नुभएको हो ।

उहाँले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बच्चुराम लामिछाने र विद्यालयका प्रधानध्यापक सावित्री अर्याल (नेपाल)लाई हस्तान्तरण गर्नुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको परिवर्तनको मुख्य एजेण्डा बोकेर सक्रिय रहनुभएका समाजसेवी नगरप्रमुखले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागी आफूले व्यक्तिगत रुपमा एक लाख ६० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिनुभयो ।

“कामरुदेवी माविको शैक्षिक गुणस्तर क्रमश राम्रो हुदै आइरहेको र थप सुधारको लागी अझै धेरै श्रोत र साधनले भरिपूर्ण बनाउनुपर्छ ।” उहाँले भन्नुभयो “नगरपालिकाको तर्फबाट गर्नसकिने सहयोग पालिकाको सम्पूर्ण विद्यालयको लागी तोकिएको मापदण्डको दायरामा रहेर गर्नुपर्ने हुन्छ । आफूले चाहे अनुसार प्रदान गर्न नमिल्ने हुदाँ विद्यायको सुधारको लागी व्यक्तिगत रुपमा नगद प्रदान गरेको हो ।”

साविकको दुईपिपल गाविसको सबैभन्दा पूरानो र पहिलो मावि सञ्चालन गरेको कामरुदेवी माविमा हाल बालकक्षा देखि कक्षा १२ सम्म अध्ययन हुदै आइरहेको छ ।
२०२१ सालमा स्थापना भएको उक्त विद्यालयले आइतबार स्थापनाको ६०औं बार्षिक उत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।
22.09¡ÆC