एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

फाल्गुन ४, २०८० मा प्रकाशित | 378 views

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ । हिजो सकिएको नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित हुनुभएको हो ।

त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो । एक सय पाँच सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web