त्रिविले आजदेखि अनलाइनबाट सेवा दिने

माघ १५, २०८० मा प्रकाशित | 201 views

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ।

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ।

अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।

सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ। अनलाइन सेवा नहुँदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web