अफगानिस्तानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

माघ १२, २०८० मा प्रकाशित | 248 views

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई एक सय ४६ रनकाे लक्ष्य दिएकाे छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

यो खेल नेपाल र अफगानिस्तान दुवैका लागि महत्त्वपूर्ण छ । समूह ‘डी’ मा रहेका दुवै टोली अङ्कविहीन छन् । यो खेल जित्ने टोली ‘सुपर सिक्स’ मा पुग्नेछ । पराजित हुने टोलीले १३ देखि १६ औँ स्थानका लागि ‘प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तान यसअघि आफ्ना दुई वटै खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक सय ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web