
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ मा झिल्टुङ्ग क्रसकन्ट्री दौडको यस वर्ष पनि आठौँ संस्करण माघको पहिलो सातामा हुने भएको छ।
‘जे गरौँ गज्जबले गरौं’ भन्ने नाराका साथ यस पटक आगामी माघ ६ गते दौड प्रतियोगिता सञ्चालन गर्न लागेका आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा क्रसकन्ट्री दौड प्रतियोगिता संयोजक मोहन नेपालले जानकारी दिनुभएको हो । उहाको अनुसार एथलेटिक्स परिवार नेपालको संयोजनमा हुने झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका अन्तर्गत वडा नं ५ कोल्पुटारमा सञ्चालन हुनेछ ।
उहाँको अनुसार कोल्पुटरबाट बेलिनी, छाप, राजओडार, खड्गछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा पुगेर दौडको दुरी सम्पन्न हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्ची बाटोको रहेको छ । जसमध्ये ४.५ किलोमिटर उकालो २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको ५ न. वडाध्यक्ष मदन भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैगरी, अघिल्ला वर्षहरुको जस्तै यो वर्ष पनि छात्र छात्रालाई मध्येनजर गर्दै ४.५ किलोमिटरको दौड “रन फर फन रेस” का लागि खुल्ला दौड प्रतियोगिता पनि आयोजना हुँदैछ । यस दौडको विशेष आकर्षण स्थानीय आमा तथा बा समूहको दौडहरु आयोजना गरिएको वडाध्यक्ष मदन भजुलेको जानकारी दिनुभयो ।
१३.४ किमी हुने दौडमा खुल्ला पुरुष तर्फका विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कारप्राप्त गर्ने पत्रकार सम्मेलनको क्रममा वडा नं .५ का वडा सदस्य गोकर्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँको अनुसार महिला तर्फको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, ४.५ किमी खुल्ला जुनियर, स्थानीय ४.५ किमी १६ वर्ष मुनिका छात्रा–छात्र दौड, स्थानीय ४५ वर्ष माथिका पुरुष (बा समूह) दौड, भेट्रान खुला १३.४ किमी पुरुष दौड र स्थानीय आमा समूह दौडका लागि पनि पुरस्कार राखिएको छ ।


एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री आफैले दौडको संयोजकको भूमिका प्रतियोगिता गराउने जिम्मेवारी लिनुभएको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि एथलेटिक्स परिवार नेपालले प्रतियोगिताको संयोजन गर्न लागेको हो । गत वर्ष पुरुषतर्फ सुमन कुलुङ्ग राई र महिला तर्फ रेखा विष्टले सर्वोकृष्टको उपाधि जित्नुभएको थियो ।
23.12¡ÆC