१० क्विन्टल भन्दा धेरै गाजासहित एकजना पक्राउ

पुस २१, २०८० मा प्रकाशित | 254 views

काठमाडौँ । दश क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट विशेष राई पक्राउ परेका छन् ।

खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुरमा बालुवा लोड गरिएको टिपरभित्र लुकाइरहेको १ हजार ६ किलो गाँजासहित धनकुटाको शहीदभूमी गाउँपालिकाका विशेष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।

को १ ख ५८३१ नम्बरको टिप्परमा बालुवा मुनि ठूलो परिमाणको गाँजा रहेको सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । पक्राउ परेका राईको साथबाट एक लाख रुपैयाँसमेत बरामद भएको छ । राई देखिने पात्र मात्रै भएको र यसमा ठूलो गिरोहको संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web