चार प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

पुस २०, २०८० मा प्रकाशित | 339 views

काठमाडौँ । देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web