काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।
हिजो/अस्तिको तुलनामा आज बादल केही बढी लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसैको बढ्दो प्रभावले भोलि र पर्सि बदली पनि थप बढ्ने अनुमान छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाण्डौमा अहिले मौसम बदली भए पनि बिहान १०/११ बजेपछि खुल्नेछ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा आशिंक बदली हुनेछ । मौसम बदलीका कारण उच्चतम तापक्रम केही घट्न सक्ने सम्भावना छ।
आज र भोलिको तुलनामा पर्सि सोमवार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बढ्न सक्ने अनुमान छ।
27.46¡ÆC