सामाजिक अभियन्ता गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधार माग गर्दै अनशनमा

असार २६, २०७३ मा प्रकाशित | 830 views

२६ असार, काठमाडौं ।
चकित्सा शिक्षामा सुधारको चार बुदेँ माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थान 'आइओएम' का प्राध्यापक डा गोविन्द केसीले आजबाट पुन आठौँ पटक अनशन सुरु गर्नुभएको छ ।

सरकारले पटकपटक आफुले उठाएका माग पुरा गर्नेबारे सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालमै पुन आमरण अनशन सुरु गरेको घोषणा गर्नुभएको हो ।

आइतबार पौने पाँच बजेदेखी अनशन सुरु गरेका केसीले अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै स्वास्थ्य  र चिकित्सा शिक्षाको क्षेत्रमा बदमासी गर्नेहरु पुरस्कृत हुने र सही काम गर्नेहरु हतोत्साहित भइरहेकोले यसलाई तत्काल सुधार्नु पर्ने वताउनुभयो ।’’

अनशन बस्नु अघि डा केसीले सरकारलाई चारबुँदे माग राख्दै दुई साताको अल्टिमेटम दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बार्ताका लागि बोलाएपनि डा। केसीले सरकार गम्भिर नभएको भन्दै वार्ता भन्दै आफु नगई सहयोगीलाई वार्तामा पठाउनुभएको थियो ।

वार्तामा उहाँका सहयोगी डा जीवन क्षेत्रीलगायत अन्य दुई चिकित्सक र अन्य दुई विद्यार्थी बालुवाटार पुग्नुभएको थियो ।

वार्तामा प्रधानमन्त्रीले विस्तारै पुरा गर्ने आश्वासन दिदैँ अनशनमा नबस्न आग्रह गर्नुभएको डा क्षेत्रीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा ऐनको मस्यौदामा रहेका सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निशूल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने,  काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण रोक्नुपर्ने माग अघि सार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web