बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

मंसिर ३, २०८० मा प्रकाशित | 269 views

काठमाडौँ । पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज शर्माले जानकारी दिनुभयो ।

आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैकाे वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघकाे आक्रमणका घटना बढ्दै गएकाे छ ।

यी क्षेत्रमा बाघकाे आक्रमणबाट १८ जनाकाे ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाकाे ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web