टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा आठ वटा रिट दर्ता

मंसिर १, २०८० मा प्रकाशित | 477 views

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता भएका छन् ।

आज पेस भएका आठ वटा मुद्दा दर्ता भएका र मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिनुभएको रिट निवेदनमा सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको दाबी गर्दै सरकारको निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको जस्ता दाबी रिटकर्ताहरुको छ ।

कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

सरकारको निर्णयपछि इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा टिकटक नचल्ने बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web