यस्तो रहनेछ आज र भोलिको मौसम

कार्तिक २८, २०८० मा प्रकाशित | 600 views


काठमाडौँ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web