डिजेल र मट्टीतेलको भाउ लिटरमा ४ रुपैयाँले घट्यो

कार्तिक १४, २०८० मा प्रकाशित | 288 views

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । निगमले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web