आज पनि केही ठाउँमा वर्षाको सम्भावना

अशोज ३०, २०८० मा प्रकाशित | 298 views

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।

पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ ।

यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि आज पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनु भयाे। गएराति पनि उपत्यकामा पानी परेको थियो ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web