रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको निधन, पाँच घाइते

अशोज २३, २०८० मा प्रकाशित | 511 views

रसुवा । रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web