नेपालबाट मनसुन बाहिरिन थाल्यो

अशोज १९, २०८० मा प्रकाशित | 497 views

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन थालेको छ । आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिन थालेकोबारे औपचारिक निर्णय भने भोलि शनिवार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी बाहिरिन थालेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो । नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पनि पश्चिम क्षेत्रबाट शुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web