बझाङ । बझाङमा मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् ।
23.85¡ÆC