म्याद गुज्रिएको बियर बजारमा

अशोज १५, २०८० मा प्रकाशित | 307 views

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हाे ।

विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ । पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको विभागले जनाएको छ ।

विभागले यो महिनाको शुरुवातदेखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web