एसियाली खेलकुदको भव्य उद्घाटन

अशोज ६, २०८० मा प्रकाशित | 350 views

काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुभयाे ।

केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएकाे हाे । उद्घाटन समारोहका लागि हान्झाउलाई झकिझकाउ पार्नुका साथै त्यहाँको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतारेर प्रस्तुत गरिएको छ ।

एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web