मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने

काठमाडौँ । मनसुनी गतिविधि कम भएसँगै पानी पर्ने क्रम घटेको छ ।

अघिल्लो हप्ता लगातारजसो पानी परे पनि अहिले लगातार पानी परेको छैन ।

देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अन्य क्षेत्रका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल छ । यसले गर्दा तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ ।

TOP