त्रिशूली । भोले गणेश सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६१ को (आज) सोमबार विधिगत रुपमा उद्घाटन गरिएको छ ।
अनामनगरको कार्की भवनमा अवस्थित कम्पनीको कार्यालयमा पुजापाठ गरी विधिगत रुपमा उद्घाटन गरिएको हो । उद्घाटनको समारोहमा सेयर लगानीकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१ं) एक महिनाअघि देखि औपचारिक रुपमा भने संचालन आइसकेको छ ।
भोले गणेश सेक्युरिटिजले कार्यलयमा सेयर कारोबार गर्न आउने लगानीकर्तालाई निशुल्क दैनिक बेलुका ४ देखि ५ बजेसम्म प्राविधिक विश्लेषण क्लास संचालन गर्दै आएको सेयर लगानीकर्ता एवम् कम्पनीका मुख्य लगानीकर्ता दुर्गा तिवारीले अर्थ कागजलाई जानकारी दिईन ।
भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१ं) ले औपचारिक संचालन आएको अवसरमा १ हजार ६१ जना सेवाग्राहीलाई निःशुल्क विभिन्न सेवा दिने घोषणा गरेको छ । कम्पनीले निशुल्क डिम्याट खाता, निशुल्क अनलाइन मेरो सेयर खाता, निशुल्क ब्रोकर खाता र निशुल्क अनलाइन टिएमएस खाता खोलि दिने अफर ल्याएको छ ।
19.8¡ÆC