सरकारबाट साइबर सुरक्षा नीति स्वीकृत

साउन २३, २०८० मा प्रकाशित | 387 views

काठमाडौँ । सरकारले साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साइबर सुरक्षा नीति स्वीकृत गरेको र बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरीका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिएको पनि सञ्चार मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web