सम्पत्ति विवरण बुझाउन सांसदहरुलाई भदौ २८ गतेसम्मको समय

असार ३१, २०८० मा प्रकाशित | 252 views

काठमाडौँ । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्त विवरण बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भनिएको हो ।

सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने हुन्छ । यसका लागि संसद सचिवालयले आगामी भदौ २८ गतेसम्मको समय तोकेको छ ।

‘ साउन १ गतेदेखि मिति २०८० भाद्र २८ गतेसम्म आर्थिक वर्ष २०७९/०८० को लागि आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण भरी सिलबन्दी खाममा देहायो विवरणहरु समेत स्पष्ट उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा मा दर्ता गराउनुहुनु निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ’ सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web