चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना घाइते

असार २९, २०८० मा प्रकाशित | 274 views

काठमाडौँ । चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web