सरकारले धानको समर्थन मूल्य तोक्यो

असार २६, २०८० मा प्रकाशित | 224 views


काठमाडौँ । सरकारले धानकाे समर्थन मूल्य ताेकेकाे छ । मङ्गलवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य ताेकेकाे उहाँले बताउनुभयाे । सरकारले कृषि मन्त्रालयकाे प्रस्तावमा धानकाे समर्थन मूल्य ताेकेकाे हाे ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानकाे प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेकाे थियाे ।

यसअघि सरकारले समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । किसान भने कम मूल्यमा बेच्न बाध्य थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web