बाढी-पहिरोको कारण एक सातामा १३ जनाको मृत्यु

असार ८, २०८० मा प्रकाशित | 313 views

काठमाडौँ । यही जेठ ३१ गतेदेखि हिजो असार ७ गतेसम्म बाढी तथा पहिरोमा १३ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका निमित्त सचिव तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्तले दिगो विकास सुशासन समितिको बैठकमा ७ गतेसम्म १३ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँको अनुसार २६ जना बेपत्ता भएका छन् ।

नुवाकोट, भोजपुर र गोरखामा एक÷एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ र पाँचथरमा ३÷३ जनाको मृत्यु भएको छ भने ३÷३ जना बेपत्ता भएका छन् । तनहुँमा पनि दुईजनाको मृत्यु भएको उहाँले जानकारी दिनुभएको छ । एक साताको बिचमा बाढी र पहिरोमा ८ जना घाइते भएका छन् । एक सातामा देशभर बाढी र पहिरोमा ४१ वटा घर पूर्णरुपमा क्षति भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web