फ्रान्सलाई दबाबमा राख्दा-राख्दै कहाँ चुक्यो त विश्व च्याम्पियन जर्मनी?

असार २४, २०७३ मा प्रकाशित | 1302 views

काठमाडौं,असार २४ ।  युरो कपको सेमिफाइनलमा भिडन्त थियो विश्व च्याम्पियन जर्मनी र आयोजक फ्रान्सको। पूरै खेल अवधिभर जर्मनीले फ्रान्सलाई दबाबमा राख्यो। तर नतिजा भने बिल्कुल विपरीत थियो। नतिजा मात्र हेर्नेले यो खेल एकपक्षीय रुपमा फ्रान्सको दबाबमा रहेको देखिन्छ- फ्रान्स २ जर्मनी ०।

६५ प्रतिशत बल पोजेसनमा राखे पनि आखिर कहाँ चुक्यो त विश्व च्याम्पियन जर्मनी?

खेलको टर्निङ प्वाइन्ट थियो मध्यान्तर अघिको स्टपेज टाइममा फ्रान्सले पाएको पेनाल्टी जसलाई ग्रिजम्यानले सफलतापूर्वक गोलमा परिणत गरे। वास्तवमा यो पेनाल्टी जर्मन खेलाडीले जानाजानी बल बाहिर पुर्‍याएपछि फ्रान्सले पाएको कर्नरको उपज थियो। कर्नरमा स्वान्सटाइगरले अनावश्यक ठाउँबाट बल क्लियर गर्ने क्रममा हातले छुन पुगे। इटालियन रेफ्रीले पेनाल्टी दिइहाले।

मध्यान्तरपछि जर्मनीले कयौँ आक्रमण गरे तर फ्रान्सको मजबुत रक्षापंक्तिलाई भेद्न सकेन। अन्ततः काउन्टर अट्याकका क्रममा ग्रिजम्यानले नै गोलकिपर नेयरको टाङमुनिबाट बल छिराएर गोल गरे। प्रतियोगितामा जर्मनीले खाएको यो पहिलो पेनाल्टीबाहेकको गोल थियो। प्रतियोगिताभर जर्मनीले इटाली र फ्रान्सको दुई गोल पेनाल्टीबाट खाएको थियो।

दोस्रो हाफमा डिफेन्डर जेरोम बोएटेङ चोटका कारण मैदान बाहिरिपछि जर्मनी कमजोर बनेको थियो। यस्तै जर्मनीका लागि चोटका कारण अनुपस्थित रहेको मुख्य स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी केडिरा तथा निलम्वनमा परेका सेन्ट्रल डिफेन्डर माट्स हुमेल्सको अभाव पनि खड्कियो।

-पहिलोपोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web